Friday, 23, April, 2021

समाजसेवी तारा बहादुर कुँवरलाई प्रधानमन्त्रीबाट सम्मान

काठमाडौं । समाजसेवी ताराबहादुर कुँवर प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्मानित भएका छन् ।

रिपोटर्स क्लब नेपालको २३औँ वाषिकोत्सवका अवसरमा समाजसेवी कुँवर सम्मानित भएका हुन् । राष्ट्रिय सभागृहमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले चक्रपथ सरसफाई अभियानको संयोजक समेत रहेका कुँवरलाई सम्मान गरेका हुन् । वातावरण संरक्षण, मानवीय परोपकार र पूर्वाधार विकासमा गरेको योगदानको प्रधानमन्त्री ओलीले उच्च प्रशंसा गरे । हजुरलाई नमस्ते ट्रेड लिंकका सञ्चालक कुँवरले कोरोना भाइरसका कारण भएको लकडाउनमा २ हजारभन्दा बढीलाई राहतस्वरुप चामल, दाल, आलु, तेल, नुनलगायतका सामग्री वितरण गरेका थिए । उनले केही दिन रक्तदान पनि गराए, संकलित रगत नेपाल रेडक्रस सोसाइटीलाई उपलब्ध गराइएको थियो । उनले विभिन्न ठाउँमा गएर निःशुल्क स्वास्थ्य शिविर पनि चलाएका थिए । उनले आगलागीबाट विस्थापित भएका चितवनको माडीस्थित सिसौंखोला जंगलमा बस्दै आएका चेपाङलाई बस्ती निर्माणको लागि ४१ हजार रुपैयाँ सहयोग रकम उपलब्ध गराएर पनि आफ्नो समाजसेवाको छाप छोडेका थिए ।

कुँवर समाजसेवाका लागि सधैं आफ्नो तर्फबाट योगदान दिइरहेको बताउँछन् । ‘म समाजबाट टाढा जान सक्दिन, जे सकिन्छ त्यो सहयोग गरेको छु’ उनले भने ‘एक दिन मरेर जाने जुनी हो, बाचुञ्जेल केही गरियो भने सबैले सधैं सम्झन्छन् भन्ने लाग्छ ।’ उनले आफ्नो व्यवसायबाट आएको रकमलाई समाजसेवामा लगाएका छन् ।