काठमाडौ, नुवाकोट सिसडोलका बासिन्दा फेरि सडकमा उत्रेका छन् । विगत १६ बर्ष देखि त्यहाँका जनताले फोहोर र मानव सगै रहन नसक्ने भन्दै समय समयमा आन्दोलन गर्दै आएका छन । उनिहरु सरकारले आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै पुनःसडकमा उत्रेका हुन् ।
नुवाकोट र काठमाण्डौँको संगम स्थल ठूलो खोलाबाट नुवाकोट फोहोरको गाडि छिर्न नदिने उदेश्यका साथ शुक्रबारदेखि ३०० को संख्यामा उनीहरु फोहोरको गाडी रोक्न सडकमा उभिएका छन् । फोहोरका गाडि काठमाण्डौँबाट त्यस तर्फ जान रोकेको बन्चरेडाडा फोहोरमैला व्यवस्थापन सरोकार समितिका अध्यक्ष नवराज ढुङ्गानाले बताए । आफुहरुको माग सम्बोधन नभएसम्म कुनै पनि हालतमा फोहोर फाल्न नदिने चेतावनी उनले दिएका छ्न् ।
काठमाण्डौँको फोहोरले हाम्रो घर दैलो फोहोर भएकाले त्यसको प्रतिवाद गर्नको लागि सबै एक जुट भएर आन्दोलनका उत्रन फोहोरमैला व्यवस्थापन सरोकार समिति अध्यक्ष ढुङ्गानाले सबैमा अनुरोध गरेका छन् ।
शिक्षा, स्वास्थ्य, यातायातको सहजता र उपलब्धता फोहोर ल्याएको कारणले मात्र नभई राज्यको आम नागरीकको हिसाबले पनि सो अधिकार पाउँनु पर्ने ढुङ्गानाको भनाई छ । आन्दोलनमा स्थानियवासि, बिद्यालयका शिक्षक, विद्यार्थी, जनप्रतिनिधि लगाएतको उपस्थिति रहेको छ ।