Friday, 23, April, 2021

रेस्लर मुना श्रेष्ठलाई फेसियल हाउसको सम्मान

भारतलाई हराउदै रेस्लिङ मा कृतिमान कायम गरेकी नेपाली चेली मुना श्रेष्ठलाई फेसियल हाउस नेपालले सम्मान गरेको छ ।
श्रेष्ठलाई मंगलबार एक कार्यक्रमका बिच फेसियल हाउसकी प्रवन्ध निर्देशक सुष्मा महराले  सम्मान गरेकी हुन। नेपाली चेलीहरु केहीभन्दा कम छैनन् र महिला दिदीबहिनीको सम्मान गर्न कसैले पनि कञ्जुस्याई गर्न नहुने भन्दै प्रवन्ध निर्देशक महराले मुनाले देशदेखि विदेशसम्म नेपालको नाम राखेकोले उनको सम्मान गर्न पाउँदा फेसियल हाउसलाई गर्व लागेको बताइन् ।

नेपाली चेली मुना श्रेष्ठले “पावरफुल वमन च्याम्पियनसिप अवार्ड” हात पारेकी थिईन् । अल्टिमेत रेस्लिङ ईन्टरटेन्मेन्ट प्राईभेट लिमिटेडको आयोजनामा फागुन २२ गते काठमाडौंको दसरथ रंगशालामा भएको इन्डिया र नेपालको कुस्ती प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्दै मुनाले बिजयी हासिल गरेकी हुन् ।  फेसियल हाउसबाट सम्मानित भएपश्चात रेस्लर मुनाले अब देशभर खेलाडी जन्माउने अभियानमा लाग्ने बताईन् । उनले फेसियल हाउसबाट आफुले यस किसिमको सम्मान पाउँदा अझै हौसला जागेको बताईन् ।

फेसियल हाउस (ब्युटि सैलुन) व्यवसायलाई देशका विभिन्न भागसम्म पु¥याई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा हजारौंलाई रोजागारी प्रदान गर्दै देशको विकासमा योगदान पुर्याउँदै आएको छ ।
फेसियल हाउसले सौन्दर्य ब्यवसायी महिलाहरु धेरै रहेको अवस्थामा पुरुषहरुलाई समेत रोजागारीको अवसर सिर्जना गरेको छ । फेसियल हाउसकी प्रवन्ध निर्देशक सुष्मा महराले फेसियल हाउसको आउटलेट काठमाडौं र बाहिर गरि ६ स्थानमा विस्तार भइसकेको जानकारी दिईन् ।

सेवाका साथै सस्तो मूल्यमा कस्मेटिक सामान उपलब्ध गराउन महरा ब्युटी सप समेत स्थापना गरिएको उनको भनाई छ । फेसियल हाउसकी प्रवन्ध निर्देशक सुष्मा महराले सेवासँगै युवाहरुमा सीप हस्तान्तरणलाई पनि जोड दिँदै आएकी छिन् । फेसियल हाउसले अन्तर्राष्ट्रिय स्तरको फेसियल हाउस ब्युटि एकडेमी समेत सञ्चालन गरिसकेको छ । सुन्धारास्थित सिटिसी मलमा सञ्चालित उक्त सम्भवतः नेपालमै पहिलो अन्तर्राष्ट्रिय स्तरका एकेडेमी हो । महराका अनुसार फेसियल हाउस ब्युटि एकेडेमीबाट ज्ञानसीप हासिल गरेकाहरुले नेपालको साथै युरोप तथा अमेरिकामा समेत रोजगारी प्राप्त गरिरहेका छन् । उनी भन्छिन्, ‘त्यहाँ ब्युटिसियनको महत्व नर्सको जत्तिकै हुने भएकाले अन्तर्राष्ट्रिय स्तरकै शिक्षा हामीले दिइरहेका छौं ।’

 

त्यसैगरि काठमाडौं मलमा सञ्चालन गरिएको फेसियल हाउसमा अन्र्तराष्ट्रियस्तरकै सौन्दर्य सेवा दिईरहेको छ । फेसियल हाउसको जस्तै नाममा थुप्रै देखावटी पार्लर खुलेकाले नझुक्किन पनि सौन्दर्यपारखीहरुलाई उनले आग्रह गरेकी छन् ।