Friday, 23, April, 2021

नेपालस्थित पाकिस्तानी दूतावासले मनायो राष्ट्रिय दिवस

काठमाडौं, पाकिस्तानको राष्ट्रिय दिवसका अवसरमा काठमाडौंस्थित पाकिस्तानी राजदूतवासले पनि राष्ट्रिय दिवस मनाएको छ ।

दुतावसले मंगलवार राष्ट्रिय झण्डा फहराएको थियो । आफ्नो राष्ट्रको झण्डोत्तोलन गर्दै पाकिस्तानी राजदूत सयद हैदर शाहले आफ्ना पूर्वजले परिकल्पना गरेको पाकिस्तान निर्माण गर्न सबै पाकिस्तानीले आफ्नो प्रतिबद्धताको पुनर्पुष्टि गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पाकिस्तानका राष्ट्रपति अरिफ अल्भी र प्रधानमन्त्री इमरान खानले राष्ट्रिय दिवसका अवसरमा जारी गरेको सन्देश वाचन गरिएको थियो । सन्देशमा उनीहरूले पाकिस्तानलाई आर्थिकरुपमा सशक्त एवं समृद्ध तुल्याउन पाकिस्तानीको दृढ प्रतिबद्धता अपरिहार्य भएको जनाएका छन् ।