Tuesday, 20, April, 2021

गोयलसँग रातारात भेटेपछि संसद विघटन गर्ने ?– सांसद मोदी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रतिनिधिसभाका सांसद अमनलाल मोदीले सरकार पछिल्लो समयमा असफल भइसकेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आजको बैककको शून्य समयमा बौल्दै मोदीले कोरोनाका कारण रोजगारी गुमाएका युवाहरुलाई रोजगारी दिन, किसानहरुलाई मल र विऊ दिन समेत सरकार असफल भएको टिप्पणी गरे । एक मिनेटको समयमा उनले अन्य समसामयिक विषय पनि उठाएका थिए । मोरङ–४ बाट निर्वाचित सांसद मोदीले प्रधानमन्त्री केपी ओलीले भारतको गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त कुमार गोयलसँग मध्यरातमा बालुवाटारमा भेट गरेर संसद विघटनको डिजाईन गरेको भन्दै आपत्तिसमेत जनाए । ‘भारतका ‘रअ’ का प्रमुखको गोप्य भेट प्रधानमन्त्रीसँग मध्यरातमा हुन्छ, संसद विघटन गरिन्छ, सर्वोच्चले पुनर्स्थापना गरेपछि पनि संसदलाई विजनेश नदिएर गतिहीन बनाईन्छ किन ? भन्दै मोदीले प्रश्न गरेका थिए ।

शून्य समयमा सांसद मोदीसहति १९ जना सांसदले समसामयिक विषयमा धारणा राखेका थिए । संसदमा शून्य समय एक मिनेटको र विशेष समय तीन मिनेटको हुने गर्दछ । प्रतिनिधिसभाको अर्को बैठक चैत्र १८ गते १ बजे बोलाइएको छ ।