Friday, 23, April, 2021

नेप्लिज ग्यास्ट्रोनोमी सेफ कम्पिटिशन–२०२१ अवार्ड चैत्र ९ गते हुने

काठमाडौं । ग्लोबल नेप्लिज सेफ फेडरेशन र अन्तर्राष्ट्रिय नेप्लिज सेफ्स सोसाइटी युकेको संयुक्त आयोजनामा अलोफ्ट होटलको प्रस्तुति रहेको नेप्लिज ग्यास्ट्रोनोमी सेफ कम्पिटिशन–२०२१ का साथै नेपाली सेफ अवार्ड हुने भएको छ ।

चैत्र ९गते अलोफ्ट होटल काठमाडौको प्रायोजनमा सेन्चुरी मसलासँगको सहकार्यमा काठमाडौको पाँचतारे होटलमा हुन गइरहेको कार्यक्रमबारे बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । यस प्रकारका कार्यक्रमबाट नेपाली खानाको विकाश र विस्तारका साथै गुणस्तरीय बनाउन सहयोग पुग्ने ग्लोबल नेप्लिज सेफ फेडरेशनका कार्यकारी अधिकृत लक्ष्मण प्रसाद भण्डारीले बताए । कार्यक्रममा विश्व नेप्लिज सेफ सोसाइटीका संरक्षक सुर्यकिरण श्रेष्ठले कम्पिटिशनका विविध विधाका बारेमा जानकारी गराएका थिए ।

प्रतिष्पर्धा विशेष गरी नेपाली खाना र त्यसको प्लेटिङ्गमा फोकस हुने छ । थोरैमात्र प्रतिष्पर्धी सहभागी हुन पाउने प्रतिष्पर्धाका प्रतिष्पर्धी अनलाइनबाट छनौट हुने छ । प्रतिपर्धामा पहिलो हुनेले ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपिँया पाउने छन् । बिबिसी मास्टर सेफका उपबिजेता सन्तोष शाह र अल्फोट होटलका जिएम बिक्रम सिंह निर्णायकका रुपमा रहने छन् । प्रतिष्पर्धा र अवार्डलाई सेन्चुरी मसला, बाबा तेल, अउरा हाइजिन, टुरिजम बोर्ड, गेट कलेज, रिट्ज कलेज, आइसिएचएम कलेज, मार्कोपोलो रेस्टुरेन्ट तथा विभिन्न सघ संंस्थाहरुले साथ दिएको भण्डारीले जनाए ।