Friday, 23, April, 2021

वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा गुप्ता

काठमाडौं । आइतबार वीरगञ्जमा सम्पन्न वीरगञ्ज उद्योग वाणिज्य संघको ४५ औं वार्षिक साधारणसभाले सुवोधकुमार गुप्तालाई सर्वसम्मत रुपमा अध्यक्षतामा निर्वाचित गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्यसमेत रहेका गुप्ता बैंक बित्तिय तथा विमा समितिको उपसभापति पनि हुन् । उनी चामल, दाल, तेल उद्योग संघका अध्यक्ष समेत रहेका गुप्ताको मनोनयन विरुद्धमा कसैले उम्मेदवारी गराएनन् । साधारणसभाले निर्वाचनबाट कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अनिलकुमार अग्रवाल पटवारी, उपाध्यक्षमा हरिप्रसाद गौतम, महासचिवमा मनोजकुमार दास, उद्योगतर्फको सचिवमा अरविन्द्र अमात्य र वाणिज्यतर्फ आषिशकुमार लाठ, कोषाध्यक्षमा गोविन्द शाह, सह–कोषाध्यक्षमा प्रेमचन्द्र गोयल, उद्योगतर्फको सह–सचिवमा शुशान्त चाचान र वाणिज्यतर्फ अनोजकुमार रुङ्गटा चयन गरेको छ । कार्यसमितिको कार्यकाल २ वर्षको रहने छ ।