Friday, 23, April, 2021

साढे १९ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

पर्सा । स्रोत खुल्न नसकेको साढे १९ लाख रुपैयाँ रकमसहित वीरगञ्जबाट सशस्त्र प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण जिल्ला रक्सौल नगरपालिका–२१ घर भएका ३६ वर्षीय राजेशकुमार साह रहेका छन् । उनलाई वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्य गेट क्षेत्रबाट स्रोत नखुलेको १९ लाख ५१ हजार १ सय २० नेपाली रुपैयाँसहित शनिबार पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वीरगञ्जबाट खटिएको टोलीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका साहलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनले शरीरमा बाँधेर लुकाइछिपाइ ल्याउँदै गरेको रकम फेला परेपछि पक्राउ गरेको जनाइएको छ ।