Friday, 23, April, 2021

खनाल र नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला चैत ४ र ५ गते हुँदै

काठमाडौं । नेकपा एमालेको खनाल(नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ ।

वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल निकट केन्द्रीय सदस्यहरुको शनिबार बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीले गरेका निर्णयहरु अमान्य र अस्वीकार्य भएको बताएको छ । बैठकले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको हो ।

भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका प्रमुख, उपप्रमुख तथा पार्टी पदाधिकारी लगायतलाई बोलाइएको नेता भीम रावलले बताए ।