Tuesday, 20, April, 2021

शनिबार खाडाडेवी फुडल्याण्डमा सातै प्रदेशको खानाको प्रदर्शनी हुने

काठमाडौं । काठमाडौं – १४ कलंकी मकालु पेट्रोलपम्पको अपोजिटमा रहेको खाडाडेवी फुडल्याण्डको प्रांगणमा हरेक शनिबार फरकफरक शैलीमा खाना महोत्सव हुने भएको छ ।

‘खाडाडेवी फुडल्याण्डको सान, नेपाली खानाको पहिचान’ भन्ने मुल नाराको साथ फाल्गुण २९ गते शनिवार खाडादेवी फुडल्याण्डमा सातै प्रदेशको खानाको प्रदर्शनी हुने भएको छ । प्रदर्शनीमा हिमाल, पहाड, तराईका जातजातिको परम्परागत खाजा, खानामा प्रयोग गर्ने सामग्री प्रदर्शनी गरिने आयोजकले जनाएको छ । प्रदर्शनी ग्यास्ट्रोनोमी टुरिजम एशोसिएशन अफ नेपाल र खाडादेवी फुडल्याण्डको संयुक्त आयोजनामा हुन लागेको हो । प्रदर्शनीमा लाइभ लोकदोहोरी कार्यक्रमको साथै खाडादेवी फुडल्याण्डको मौलिक अनि पृथक खाना पस्कने कार्यक्रम पनि छ । यो शनिबार टर्कीको सेकुवा, टर्कीको बैजनी मम, काला नमक, धानको चामलको खाना सेट, लोकल खसी, कुखुराको मासुका परिकार र परम्परागत कसौडीमा पकाएको खसीको परिकार पनि पाइने छ । नेपालको मध्य पहाडी भागमा पाइने कागुनको खिर पनि रहने एजुकेटिभ सेफ गोपी थापाले जनाए ।

खाना महोत्सवमा स्थानीय विभिन्न जातिहरुको संस्कृति मौलिक परिकारसहितको खाना खुवाउने लक्ष्यसहितका चर्चित गायक सरोज लामिछाने, दिनेश थापा, रितु मगर, सिमा भण्डारीलगायतले सांस्कृतिक प्रस्तुति दिइने रमेश केसीले जानकारी दिएका छन् ।