Friday, 23, April, 2021

प्रदेश प्रमुख डा.अहिराजले गरे दुर्घटनाग्रस्त गाडीका चालकलाई उद्धार

सुर्खेत, कर्णाली प्रदेशको भ्रमणमा रहेका प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले सुर्खेतको छिन्चुमा दुर्घटनाग्रस्त गाडीका चालकलाई उद्धार गरेका छन् ।
छिन्चुमा भएको जिप दुर्घटनामा सवारी चालक गम्भीर घाइते भएका थिए । चालक छटपटाइरहेका थिए । सोही बेला
कर्णाली प्रदेशका प्रमुखसँग भेट गरी फर्कदै गर्दा प्रदेश २ का प्रदेश प्रमुख डा.अहिराजले आफ्नो गाडी रोकेर चालकको उद्धार गरी अस्पताल पुर्याएका थिए । उनले तत्काल उद्धार गरी अस्पताल पुर्याएपछि चालकको अवस्था खतरामुक्त रहेको सुर्खेतस्थित प्रहरीले जनाएको छ ।
यसअघि पनि प्रमुख प्रमुख डा.अहिराजले पूर्वपश्चिम राजमार्गको चन्द्रपुर पथलैया खण्डमा सवारी दुर्घटनामा परी घाइते भइ सडकमा छटपटाइरहेका चार जना घाइतेलाई उद्धार गरी अस्पताल पुर्याएका थिए ।