Tuesday, 20, April, 2021

चार दिनसम्म पनि माया नभेटिएपछि खोजिदिन परिवारको आग्रह

काठमाडौं । चार दिनदेखि हराएकी माया अधिकारी नभेटिएपछि परिवार चिन्तित बनेको छ । गत आइतबार काठमाडौको न्यूरोड गएकी माया अझै घर फर्केकी छैनन् ।

काठमाडौंको बुढानीकलण्ठ हात्तिगौडामा बस्दै आएकी उनी भाईबुहारीसँग बजार गएपछि हराएकी हुन् । पाँचथरको फालेलुङ १ की स्थायी बासिन्दा ४० वर्षिया उनको खोजीका लागि परिवारले प्रहरीलाई पनि निवेदन दिइसकेको छ । राम्रोसँग बोल्न र सुन्नसमेत नसक्ने भएकाले उनी परिवारको सम्पर्कमा आउन सकेकी छैनन् । परिवारले कसैले देखेमा वा भेटेमा प्रहरी कार्यालयमा बुझाइदिन वा ९८३६५४८६०९ र ९८०८१०२७४६ मा खवर गरिदिनसमेत आग्रह गरेको छ ।