Tuesday, 20, April, 2021

फागुन २१ बाट दर्शकमाझ ‘गोर्खे’ आउँदै

काठमाडौँ– गोर्खे बन्ने सपना बुनेका पाँच युवाको कथा समेटिएको फिल्म ‘गोर्खे’ आगामी फागुन २१ गतेबाट प्रदर्शनमा आउँदैछ ।

कोजु इन्टरटेनमेन्टको ब्यानरमा हरि लामा प्रस्तुतकर्ता र तिर्थराम कोजु तथा हरि थापा निर्माता रहेको फिल्मलाई करण श्रेष्ठ ‘क्रेजी’ले वितरण गर्दैछन् । रिलिज मितिसँगै फिल्मको अफिसियल पोस्टर पनि सार्वजनिक भईसकेको छ । ‘कोभिड–१९’ कोरोना भाईरसका कारण प्रदर्शन गर्न नसकेका कारण अब फागुन २१ गतेलाई प्रर्दशन गर्न लागिएको निर्माता तिर्थराम कोजुले बताए । समसामयिक विषयवस्तु समेटिएकाले फिल्मलाइृ दर्शकले रुचाउने विश्वास निर्माता पक्षको रहेको छ ।

नेपालको पाल्पा, बर्दघाट, धम्पुस, पोखरा र काठमाडौलगायत नेपालको रमणीय स्थानहरुमा छायांकन गरिएको फिल्ममा किस्मत गौतमको निर्देशन छ ।

फिल्ममा रवीन्द्र प्रताप सेन, अन्जली अधिकारी, अर्जुन गुरुङ, आश्मी लामा, आश्मी श्रेष्ठ, एन्जेल श्रेष्ठ, बालदीप राईलगायतको अभिनय छ । फिल्ममा सौरभ लामा र निरज कँडेलको छायांकन, काजी लिम्बुको कथा, पटकथा, छिन्दु पाख्रिन र हरि लम्सालको संगीत र मित्र डी गुरुङको सम्पादन रहेको छ ।