Tuesday, 20, April, 2021

प्रतिनिधिसभाको बैठक बोलाइयो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको बैठक बोलाएकी छिन् । राष्ट्रपति कार्यालयले आज सूचना जारी गरी बैठक आव्हान गरेको हो ।

मन्त्रिपरिषद्को केही दिन अघि बसेको बैठकले बैठक बोलाउने निर्णय गरेको थियो । बैठक फाल्गुण २३ गते आइतबार ४ बजेका लागि बोलाइएको छ । यसअघि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक संयुक्त रुपमा आव्हान गरिँदै आइएको थियो । पौष ५ गते प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गरेपछि प्रतिनिधिसभा अन्यौलमा पर्दै आएको थियो । फाल्गुण ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेको थियो । संविधानमा सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको बैठक आव्हान र अन्त्य गर्ने व्यवस्था छ ।

राष्ट्रियसभाको बैठक पौष १८ गते सुरु भएर जम्मा ४ दिनमात्र बसेको थियो । यसपालि प्रतिनिधिसभाको मात्र बैठक बोलाइएको छ ।