Wednesday, 01, December, 2021

गोरक्षनाथ माविको अध्यक्षमा तेस्रो कार्यकालका लागि फेरि पनि शैलेन्द्रराज बानियाँ

काठमाडौं । मकवानपुरको हेटौंडा १८ मा रहेको गोरक्षनाथ माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा फेरि पनि शैलेन्द्रराज बानियाँ सर्वसम्मतबाट निर्वाचित भएका छन् ।

बानियाँ तेस्रो कार्यकालको लागि अध्यक्षमा चयन भएका हुन् । नेपाली कांग्रेसका युवा नेता समेत रहेका उनले विद्यालयको व्यवस्थापनमा आफूले सक्रिय भूमिका खेलेकाले अभिभावकले फेरि पनि पत्याएको बताए ।

उनले समयसापेक्ष विद्यालयमा परिवर्तन गर्दै आएको जनाएका छन् । ‘विद्यार्थीको सुविधालाई ध्यानमा राख्दै गाडी सञ्चालन गर्ने र उच्चतम प्रविधिको प्रयोग गर्ने योजना बनाएको छु’ उनले भने ‘आवश्यक दरवन्दी नहुँदा केही समस्या देखिएको छ, यसको पनि छिट्टै समाधान खोज्ने छु ।’