Tuesday, 20, April, 2021

प्रतिनिधिसभा पुनर्स्थापनापछि आज पहिलोपटक बस्ने मन्त्रिपरिषद् बैठकले के गर्ला ?

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनापछि आज पहिलोपटक मन्त्रिपरिषद् बैठक बस्दैछ ।

साँझ ५ बजे बैठक बोलाइएको बालुवाटारले जनाएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पौष ५ गते प्रतिनिधिसभा भंग गरेकी थिइन् । सर्वोच्च अदालतले गत मंगलबार गरेको फैसलामा १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको थियो । आजको बैठकमा प्रतिनिधिसभाको बैठक बोलाउनका लागि मिति तोक्न सक्ने जनाइएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद बैठक आव्हान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।