Sunday, 09, May, 2021

फेकनमा म चाहिन्छ भनेर व्यवसायीले भनेपछि उपाध्यक्षको उम्मेदवार भएको छु – रामशरण ढकाल

स्वतन्त्र शैक्षिक परामर्श संघ फेकनको उपाध्यक्षमा एक्टिभ सिनर्जी कन्सलटेन्सीका प्रवन्ध निर्देशक रामशरण ढकालले भुपाल तामाङको समूहबाट उम्मेदवारीको दिएका छन् ।

फाल्गुन ८ गते शनिबार काठमाडौंमा हुन गइरहेको १० औं साधारणसभामा हुने नयाँ कार्यसमितिको निर्वाचनका लागि विगत १५ वर्षदेखि भाषा तयारी कक्षा प्रशिक्षक, परामर्शदाता हुँदै सिनर्जी कन्सलटेन्सीका प्रवन्ध निर्देशक भएर शैक्षिक गतिविधिमा संग्लग्न ढकालले संस्थाको हकहितका लागि आफू उपाध्यक्ष हुनैपर्ने दाबी गरेका छन् । गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएर उपाध्यक्षमै प्रतिष्पर्धा गरेका उनी झिनो मतले पराजित भएका थिए । ‘साथीहरुले मलाई मतदान गरेर उपाध्यक्ष बनाउन नै खोज्नुभएको थियो तर प्राविधिक कारणले हराइयो’ उनले भने ‘सबैको समर्थनमा म उपाध्यक्ष हुन खोजेको छु, संस्थालाई रामशरण चाहिन्छ भन्ने अरुको पनि संयुक्त आवाज छ यसको सम्मान गर्ने छु ।’ उनले बीएड् र एमएसम्मको अंग्रेजी साहित्यको अध्ययन पूरा गरेका छन् ।

शिक्षा मन्त्रालयको टिआईटिआईबाट प्रशिक्षक प्रशिक्षण तालिम लिएका ढकाल लामो अनुभव बोकेका, आईसिइएफ, इएनजेड प्रमाणपत्र प्राप्त हुन् । एक कार्यकाल स्वतन्त्र शैक्षिक परामर्श संघको सदस्य पदमा रही काम गरेका ढकाल सदस्यहरुबीच निकै लोकप्रिय एवं सक्रिय छन् ।

विगत छ सात वर्षदेखि फेकनमा आवद्ध भई संस्थाको आर्थिक वृद्धि एवं विभिन्न कामहरु सक्रिय रहेर शिक्षा मन्त्रालयको समन्वयमा व्यवसायिक डेलिकेशन एवं विभिन्न मुलुकका कलेज तथा विश्वविद्यालयका कार्यशाला आयोजना गर्दै आएका उनी व्यवसायीहरुमाझ पनि निकै परिचित छन् । उनले संस्थालाई यहाँसम्म ल्याउन प्रतक्ष्य र अप्रतक्ष्य रुपमा भूमिका खेल्दै पनि आएका छन् ।

प्रष्ट वक्ता, निर्भिक एवं शालिन व्यक्तित्व भएका ढकाल स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) सचिवालय व्यवस्थित गर्न, विभिन्न गन्तव्य देशका विभाग गठन गरी संस्था व्यवस्थित गर्न, सबैलाई काम गर्ने अवसर प्रदान गर्न, अन्तर्राष्ट्रिय सम्वन्ध प्रगाढ गर्न, फेकन सहकारी अवधारणालाई मूर्त रुप दिन, कोभिडले थला परेको व्यवसायलाई सुदृढ गर्न तथा विभिन्न कलेज तथा विश्वविद्यालयहरु व्यवसायीबीच संस्थालाई परिचित गराउन अहोरात्र लागि परेर काम गर्न आफ्नो उमेदवारी दिएको स्पष्ट पार्छर्न् ।