Sunday, 09, May, 2021

मूल्यवृद्धि फिर्ता नलिएसम्म हाम्रो आन्दोलन रोकिँदैन –नेता बस्नेत

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा नेकपाको दाहाल–नेपाल समूहका अनेरास्ववियुका विद्यार्थीले आज विहान देशैभरका क्याम्पस अगाडि प्रदर्शन गरेका छन् ।

केन्द्रीय सदस्य रविनजंग बस्नेतका अनुसार विहान ९ बजेबाट काठमाडौंका २५ वटा क्याम्पस अघि प्रदर्शन गरिएको जनाए ।

उनीहरुले यातायातसमेत बन्द गराएका थिए । बस्नेतले सरकारले मूल्यवृद्धि फिर्ता नलिएसम्म निरन्तर संघर्ष जारी रहने बताए । आन्दोलनमा विद्यार्थीहरुले सरकारविरुद्ध नाराबाजी गरेका थिए । प्लेकार्डसहित निस्केका उनीहरुले रित्तो थाल र ग्याससमेत प्रदर्शन गरे । सरकारले पछिल्लो एक सातामा दुई पटक मूल्यवृद्धि गरेको छ ।

बस्नेतले देशैभर प्रदर्शन भएको जनाए । उनीहरुले असंवैधानिक ओली सरकारको उपहार महंगी र भ्रष्टाचार भनेजस्ता नारा पनि लगाए । अनेरास्ववियुले दिउँसो १ बजे आयल निगम घेरा उगर्ने छ भने ४ बजे भद्रकालीमा विद्यार्थीहरुको मानव साङ्लो बनाएर विरोध गर्ने पनि बस्नेतले जनाएका छन् ।