Tuesday, 08, June, 2021

‘भ्यालेन्टाइन डे’ लाई मध्यनजर गर्दै चक्रपथको अरिकल इभेन्टले ल्यायो यस्तो विशेष अफर

काठमाडौं । ‘भ्यलेन्टाइन डे’ लाई मध्यनजर गर्दै चक्रपथको अरिकल इभेन्टले विशेष अफर सार्वजनिक गरेको छ ।

 

अरिकल इभेन्टले फेब्रुअरी १४ अर्थात फाल्गुण २ गते आइतबार परेको प्रेम दिवसको अवसरमा २५ यस रुपैयाँमा रेड वाईन सहित बिबिक्युडिनर अफर ल्याएको हो । प्रेम दिवसलाई प्रेमिल र सौहार्दपूर्ण वातावरण माझ मनाउन क्याण्डल लाइटस् डिनरको रोमान्टिक अफर ल्याएको म्यानेजर बोदेन्द्रराज खड्काले जानकारी दिए । चक्रपथबाट बसुन्धरातिर जाँदा मुखैमा उत्तरतिर रहेको अरिकल इभेन्ट बुढाथोकी व्यापारिक घरानाको पहिलो र उच्च स्तरको इभेन्ट हो । यो नेपालमै पहिलो पाँचतारे स्तरको ब्यान्केट भएको सञ्चालकको दाबी छ ।

 

लामो समयको तयारीका साथ पूर्ण गृहकार्य गरेर निर्माण गरिएको यो ब्यान्केट इभेन्ट हरेक व्यवस्थापनको ढंगले अति नै आकर्षक छ । यो भेन्यु अहिले सबैको रोजाइमा समेत परेको छ । नियमित विवाह, ब्रतबन्ध, कर्पोरेट पार्टीहरु बाहेक दुई दर्जन भन्दा ज्यादा म्युजिक भिडियोहरु सुट गरिसकेको अरिकल इभेन्टकोे लोकेसन र इन्टेरियर डिजायन धेरैले मन पराएका छन् । ब्युटी ट्रेनिङ तथा फेसन शोका लागि पनि अरिकल इभेन्ट नै उपयुक्त बनेको छ ।

इभेन्टमा पार्टी, विवाह, बर्थडे, गुन्यु चोली र अन्य शुभकार्य गर्न सकिने उपयुक्त वातावरण छ । सम्पूर्ण निर्माण सामग्रीहरु विदेशबाट झिकाएर बनाएको हुनाले पनि अन्य भेन्युभन्दा अझ पृथक रहेको व्यवस्थापनको दाबी छ ।