Sunday, 09, May, 2021

फुन्जोप्रसाद गुरुङको निधन भएकोमा टेकबहादुर गुरुङ चिन्तित

काठमाडौं । मनाङका पूर्व जिल्ला विकास समितिका सभापति फुन्जोप्रसाद गुरुङको निधनप्रति पूर्वमन्त्री तथा नेपाली कांग्रेस मनाङका सभापति टेकबहादुर गुरुङले चिन्ता व्यक्त गरेका छन् । गुरुङ २०५४ सालमा जिल्ला विकास समितिको सभापतिमा निर्विरोध निर्वाचित भएका थिए ।

पूर्वमन्त्री गुरुङले फुन्जोको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको जनाएका छन् । ‘उहाँले पार्टीलाई बलियो बनाउने र संगठन विस्तार गर्ने काम गर्नुभएको थियो, उहाँको योगदान कहिल्यै पनि बिर्सन सकिँदैन’ गुरुङले भने ‘उहाँ निस्वार्थ रुपमा पार्टी र जनता भनेर लाग्नुहुन्थ्यो, सबैको साझा मान्छे भएकाले कसैले पनि कहिल्यै आलोचना गर्नु परेन ।’ उनको ६७ वर्षको उमेरमा माघ १९ गते निधन भएको थियो ।

मनाङ–रिश्याङ गाउँपालिका ६ निवासी गुरुङको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले पनि दुःख व्यक्त गरेका छन् । पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले गुरुङको मृत्यु भएको दिन नै एक प्रेस विज्ञप्ती प्रकाशित गरी गुरुङको आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको जनाएका छन् ।