Sunday, 09, May, 2021

दिपक समिरको ‘अलिअलि’ सार्वजनिक

काठमाडौं । लामो समयदेखी रेडियो तथा टेलिभिजनमा क्रियाशिल सञ्चारकर्मी दिपक समिरको गीत ‘अलिअलि’ सार्वजनिक भएको छ ।

प्रणय दिवस नजिकिदै गर्दाको यो प्रेमिल सप्ताहको अवसरमा समिरको स्वरमा रहेको सो गीत आज सार्वजनिक भएको हो ।

डिपी खनालको शब्द र शंकर थापा ‘स्माइल’को संगीत रहेको गीतको भिडियो निर्देशन हेमप्रभास अधिकारीले गरेका छन् ।

श्रीदेव भट्टराई र स्मृती श्रेष्ठ अभिनित सो गीतको भिडियोमा पोखरा आसपासको मनोरम प्रकृति देख्न पाइन्छ ।