Sunday, 09, May, 2021

माधव नेपाललाई भेट्न अमेरिकी राजदूत कोटेश्वरमा

काठमाडौं,  अमेरिकी राजदूत ¥यान्डी बेरीले प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष माधवकुमार नेपालसंग भेटवार्ता गरेका छन् । नेपाललाई भेट्न बेरी बुधबार बिहान कोटेश्वरस्थित नेपालको निवासमा पुगेका थिए ।
प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलन चलिरहेका बेला अमेरिकी राजदूत बेरी आन्दोलनरत पक्षकै नेता भेट्न पुगेका हुन्। उता अमेरिकामा पनि भर्खरै जो बाइडेनले राष्ट्रपति पद सम्हालेका छन् ।
यसअघि अमेरिकी राजदूत बेरीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरिसकेका छन् ।