Friday, 05, March, 2021

न्युज लाइन्स मिडियाको ४ औ वार्षिकोत्सव सम्पन्न, पत्रकार र सञ्चार संस्थालाई सम्मान

काठमाडौं । न्युज लाइन्स मिडियाको ४ औ वार्षिकोत्सव आइतबार सम्पन्न भएको छ ।

मिडियाकी प्रवन्ध निर्देशक रिता भट्टको सभापतित्वमा बोधिसत्व स्वामी आनन्द अरुणको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । केहीले मायाको चिनोसमेत प्रदान गरिएको थियो । सम्मानित हुनेहरुमा होटल सोल्टी क्राउन प्लाजाका आरबी बुढाथोकी, वरिष्ठ सौन्दर्यविद सुष्मा महरा, कृषि वैज्ञानिक डा. हरिकुमार श्रेष्ठ , पर्यटन व्यवसायी एवम् समाजसेवी जगत बहादुर गुरुङ, खेलाडीद्धय सुर्यबहादुर बुढाथोकी र हरि कार्की, समाजसेवी अक्कल बहादुर तामाङ, चलचित्र निर्माण संयोजक यमप्रसाद ओली, चलचित्र निर्देशक श्यामराजा श्रेष्ठ, समाजसेवी भावना केसी, युवा व्यवसायी राजेन्द्र महर्जन, साहित्यकार भिष्मराज फुलारा, गायिकाद्धय विद्या तिवारी र एनी श्रेष्ठ र स्वास्थ्य क्षेत्रमा योगदान गर्दै आएका अभियन्ता शिव फुयाल रहेका छन् ।

प्रमुख अतिथि बोधिसत्व स्वामी आनन्द अरुणले आध्यात्मिक चिन्तन साथै प्रणायाम योग र ध्यानलाई आत्मसात गर्न सके जीवनलाई खुशी र सुखी तुल्याउन सकिने बताए । उनले अध्यात्मले मानिसको जीवनलाई सफलतातर्फ डोर्याउन बल प्रदान गर्ने स्पष्ट पारे । उनले जति नै व्यस्त भएपनि पत्रकारले पनि समय निकालेर दैनिक योग र ध्यानमा ध्यान दिनुपर्नेमा जोड दिए ।

न्युजलाइन्स मिडियाका अध्यक्ष राजु भट्टले दिनानुदिन पत्रकारिता पेशामा चुनौतीहरु थपिँदै गएको उल्लेख गरे । उनले राज्यले मिडियालाई हेर्ने दृष्किोण झन्झन् साँघुरिदै गएको बताए । उनले बदलिँदो परिवेशमा मिडियाले देश विकासमा टेवा पुर्याउनुपर्नेमा जोड दिए । उनले मिडियाले समाजलाई सकारात्मक दिशातिर लानका लागि राजनीतिबाट माथि उठेर व्यवसायिक पत्रकारिता गर्नुपर्ने उल्लेख गरे ।

विशिष्ठ अतिथि नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले पत्रकारहरुको हकहितका निम्ति महासंघले बुलन्द रुपमा आवाज उठाउँदै आएको बताए । उनले पत्रकारिता पेशालाई मर्यादित र समाजमैत्री बनाउन एकजुट भएर लाग्नुको विकल्प नभएको धारणा राखे । पत्रकार ऋषि धमलाले न्युजलाइन्स मिडियाले संचार जगतको शिर उचो पार्दै आएको स्मरण गर्दै पत्रकार जगतले लोकतन्त्रको रक्षार्थ कटिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।


न्युजलाईन्स मिडियाकी प्रबन्ध निर्देशक रिता भट्ट ढकालले न्युजलाइन्स मिडिया सदैव राष्ट्रहितलाई केन्द्रमा राखेर संचार क्षेत्रमा क्रियाशील रहिरहने बताइन् । उनले कार्यक्रमलाई सम्पन्न गर्न सहयोग गरेकोमा सबैलाई धन्यवाद दिइन् ।
कार्यक्रममा वामपन्थी नेता लोककृष्ण भट्टराई, अष्ट ज अभियानका महासचिव निलकण्ठ तिवारी, टान अध्यक्ष खुमबहादुर सुवेदी, कृषि वैज्ञानिक डा. हरिकुमार श्रेष्ठ, संचार उद्यमी उज्वलजंग शाह लगायतका अतिथिले शुभकामना मन्तव्य दिएका थिए ।

मिडियाका प्रमुख सल्लाहकार रामप्रसाद न्यौपानेले स्वागत मन्तव्य राखेका थिए । उनले मिडिया समाजको ऐना भएकाले सत्यतथ्य समाचार लेख्न पत्रकारलाई आग्रह गरे । नारायण बेल्बासेले धन्यवाद मन्तव्य राखेका थिए । कार्यक्रममा सार्थक अभियान नेपालका अध्यक्ष भरत गौतम, ग्लोबल नेप्लिज सेफ फेडेरेशनका कार्यकारी प्रमुख लक्ष्मणप्रसाद भण्डारी, नेपाली फुड गुरू सुरेशचन्द्र बस्नेत , खेलाडी मान गुरूङ, सामाजिक अभियन्ता शिव अधिकारी, कृषि अभियन्ता जयकला बस्नेत, न्युजलाइन्स मिडियाका सल्लाहकारद्धय सरोज ओझा र रविन थपलिया लगायतका अतिथिहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा विज्ञापनदाता, संचारकर्मी, संचार गृह आदिलाई पनि सम्मानका साथै कदरपत्र प्रदान गरिएको थियो ।