Thursday, 10, June, 2021

‘मलाई माया गर्छौ र काले’ सार्वजनिक

काठमाडौं । ‘मलाई माया गर्छौ र काले’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

शुक्रबार सार्वजनिक भएको म्युजिक भिडियोमा कृष्ण सुवेदीले एलिना चौहानलाई काली भनेर र एलिनाले कृष्णलाई काले भनेर माया देखाएका छन् । संगीतकार कमल अधिकारीको संगीत संयोजनमा म्युजिक भिडियो बनेको हो । सेढाई जि कामदारको शब्द रहेको सो भिडियोमा सोनिका अधिकारी र आकृति गुप्ताले गितार बजाएका छन् । निर्देशक विक्रम चौहानले भिडियोको निर्देशन गरेका हुन् । भिडियोको छायाँकन प्रकाश खड्काले गरेका हुन् ।