Sunday, 24, January, 2021

प्रधानमन्त्रीले राष्ट्रियसभामा आज सम्वोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रियसभामा सम्वोधन गर्ने भएका छन् ।

दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्वोधन गर्ने संसद सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेपछि ओलीले आज पहिलोपटक सम्वोधन गर्ने भएका हुन् । प्रतिनिधिसभा विघटनसँगै अन्य राजनीतिक विषयमा उनको सम्वोधन रहने जनाइएको छ । सम्वोधनसँगै राष्ट्रियसभाको अन्य दैनिक कार्यसूची पनि तय भएको छ ।