Tuesday, 20, April, 2021

समाजवादी कांग्रेसले पनि एकता दिवस मनाउने

काठमाडौं । नेपाल समाजवादी कांग्रेसले पनि पौष २७ गते राष्ट्रिय एकता दिवस मनाउने भएको छ ।

राष्ट्र एकताका प्रतीक पृथ्वीनारायण शाहको जन्मदिनको उपलक्ष्यमा दिवस मनाउन लागिएको अध्यक्ष गोविन्द निरौलाको बताए । पार्टीको केही दिनअघि सम्पन्न केन्द्रीय समितिको बैठकले २९९ औ पृथ्वी जयन्ती भव्यताका साथ मनाउने निर्णय गरेको पार्टीका सचिव मान बाहादुर गुरुङले जानकारी दिए । पार्टीले आफूले उठाएको संवैधानिक प्रजातन्त्र, हिन्दुराज्य, विशेष अधिकार सहितको राजसंस्थाको विषयमा सहमति नभएसम्म कसैसँग सहकार्य नगर्ने पनि निर्णय गरेको छ । पार्टीले पृथ्वीजयन्ती मनाउन पनि कसैसँग सहकार्य नगर्ने जनाएको छ ।

शाहको १७७९ साल पौष २७ गते जन्म र १८३१ सालमा निधन भएको थियो ।