Sunday, 24, January, 2021

सुर्खेतमा यात्रुवहाक बस भेरीमा खस्यो

सुर्खेत । सुर्खेतमा यात्रुबाहक बस भेरी नदीमा खसेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीका अनुसार बोटेचौरदेखि सल्लीबजारतर्फ जाँदै गरेको बस गुर्भाकोट नगरपालिका–९ गराले बजारनजिकै बस भेरी नदीमा खसेको हो । प्रहरी दुर्घटनास्थलमा पुगेको छ । बसमा कति यात्रु थिए भन्ने खुल्न बाँकी छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।