Saturday, 17, April, 2021

मन्त्री बोहराद्धारा राजीनामा

धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् । आज धनगढीमा पत्रकार सम्मेलन गर्दै उनले राजीनामा दिएको जानकारी दिए ।बोहोरा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपामा खुलेका छन् । मुख्यमन्त्री कार्यालयले पनि मन्त्री बोहराले राजीनामा दिएको प्रष्ट पारेको छ ।

नेकपा विभाजनपछि दाहाल–नेपाल पक्षीय नेकपाको यो प्रदेशमा बढी मत छ । यसअघि ओली पक्षमा लागेका भौतिक पूर्वाधार तथा विकासमन्त्री पठान बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले पदमुक्त गरेका थिए । पार्टीमा विभाजन देखिएपछि प्रदेश नम्बर १ र बागमती प्रदेशका तीनजना मन्त्रीले पनि राजीनामा दिएका थिए । यी दुवै प्रदेशमा ओलीनिकट मुख्यमन्त्री छन् ।