Sunday, 24, January, 2021

मनोज कार्कीको मुनामदन-२ सार्वजनिक

काठमाडौं । सामाजिक अभियन्ता  एवम् निर्माता मनोज कार्कीको नयाँ गीत मुनामदन-२ को म्युजिक भिडियो सार्बजनिक भएको छ ।

शनिबार काठमाडौं बानेश्‍वरस्थित होटेल हङ्गर हबमा एक समारोहबीच सो म्युजिक भिडियोको बिमोचन गरिएको हो ।

चर्चित गायक जनक बिबश न्यौपाने र चर्चित गायिका रचना रिमालको स्वरमा रहेको गीतमा  शब्द र संगित पनि गायक जनक बिबश न्यौपानेकै रहेको छ । राजु कार्कीको एरेन्ज रहेको छ। उक्त गीतको भिडियोमा चर्चित नायक आकाश श्रेष्‍ठ र नवनायिका याङसु श्रेष्‍ठको सशक्त अभिनय रहेको छ ।                                                                                        नेपाली सुगम संगितमा आफ्नो छुट्‍टै पहिचान बनाउन सफल निर्देशक जनक सिंहको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन र अभि वाग्लेको कोरियोग्राफी  रहेको छ। मनोज कार्की निर्माता रहेको भिडियो  जनक बिबश न्यौपाने युट्‍युब च्यानल मार्फत सार्बजनिक गरिएको छ।