Thursday, 28, January, 2021

नुवाकोटका नेकपा युवा नेता पूर्णलाल श्रेष्ठ झण्डै ३ सय विद्यार्थीलाई स्विटर बाँड्दै

काठमाडौं । नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) का नुवाकोटका युवा नेता पूर्णलाल श्रेष्ठले आगामी शुक्रबार नुवाकोटको सुर्यगढी गाउँपालिकामा रहेको जालपा युवा आधारभूत विद्यालयका झण्डै ३ सय विद्यार्थीलाई स्विटर वितरण गर्ने भएका छन् ।

नेकपाको जिल्ला सचिवालय सदस्यसमेत रहेका समाजसेवी श्रेष्ठ सफल उद्योगपति पनि हुन् । नेपाललाई अध्याँरोमुक्त बनाउनुपर्छ भनेर लामो समयदेखि अभियान चलाएका उनी हाइड्रो व्यवसायमा पनि सक्रिय छन् । बुद्धभूमी हाइड्रोपावर नुवाकोटको अध्यक्षसमेत रहेका उनले राजनीतिसँगै सामाजिक अभियानमा सधैं जोड दिँदै आएका छन् । श्रेष्ठको सक्रियता देखेर नुवाकोटका नागरिकले उनलाई जिल्लाकै सम्पत्तिको रुपमा हेरेका छन् ।

केही समयअघि उनले नुवाकोटको लिखु गाउँपालिकामा रहेका धेरै बृद्धबृद्धालाई कम्बल वितरण गरेका थिए । सधैं सामाजिक क्षेत्रमा रमाउने श्रेष्ठ राजनीतिमा पनि सफल व्यक्ति भनेर चिनिन्छन् । नुवाकोटको राजनीतिलाई पनि जनताको पक्षमा समर्पण गर्नुपर्छ भन्ने उनको अभियानलाई अरुले पनि समर्थन गर्दै आएका छन् ।