Saturday, 17, April, 2021

वरिष्ठ व्यूटीसियन सुष्मा महरालाई ‘स्पर्श म्युजिक भिडियो अवार्ड–२०२०’ बाट सम्मान

काठमाडौ । टच इन्टरटेन्मेन्ट, स्पर्श फिल्म्स तथा पेजेन्ट नेपाल इन्टरनेशनल मिडियाले ‘स्पर्श म्युजिक भिडियो अवार्ड– २०२०’ बाट धेरै प्रतिभालाई सम्मान गरेको छ ।
ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी हलमा सम्पन्न उक्त विशेष समारोहमा नेपाली सांगीतिक क्षेत्रका सर्जक र सो क्षेत्रसँग सम्बन्धित विषयगत विभिन्न विधाका व्यक्तित्वहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । समारोहमा विभिन्न ५० विधामार्फत उत्कृष्ट सर्जकहरुलाई पुरस्कृत गरिएको हो । नेपालकै उत्कृष्ट व्यूटी पार्लर फेसियल हाउसकी सञ्चालक तथा प्रवन्ध निर्देशक सुष्मा महरालाई व्यूटी उद्यमी अवार्ड २०२० बाट सम्मान गरिएको छ ।

उनले आफूलाई व्यवसायिक बनाएसँगै धेरै युवायुवतीलाई देशभर विभिन्न शाखा खोलेर रोजगारसमेत दिएकी छिन् । कार्यक्रममा अभिनेत्री मौसमी मल्लसहित अन्यलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।