Sunday, 24, January, 2021

दाहाल–नेपाल समूहको दोस्रो चरणको आन्दोलनको घोषणा

काठमाडौं । नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले दोस्रो चरणको आन्दोलन शनिबार घोषणा गरेको छ ।

केन्द्रीय संघर्ष समिति संयोजक नारायणकाजी श्रेष्ठले आज काठमाडौमा पत्रकार सम्मेलन गरी पौष २० देखि माघ २३ गतेसम्म  गर्ने आन्दोलन जनाएका हुन् ।

प्रधानमन्त्रीले पौष ५ गते प्रतिनिधिसभा भंग गरेको विरोधमा उसले पौष १० गतेबाट नै आन्दोलन सुरु गरेको हो । २४ पुसमा असंवैधानिक कदम सच्याई देशवासीसँग क्षमायाचना गर्न माग गर्दै सबै जिल्लाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेकोे छ । प्रधानमन्त्रीलाई ज्ञापनपत्र र संविधानको पुस्तक दिनेदेखि देशका ठूला प्रमुख शहरहरूमा वृहत कार्यक्रम र भेलासमेत गरिने घोषणा गरिएको छ ।