Tuesday, 19, January, 2021

वैशाखपछि ओली प्रधानमन्त्री मात्र होइन, राजनीतिबाटै पत्तासाफ हुन्छन् : प्रचण्ड

काठमाडौ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाखपछि प्रधानमनत्री केपी शर्मा ओलीको राजनीति पत्तासाफ हुने बताएका छन्।

मंगलबार प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले चुनाव गर्नका लागि घोषणा नगरेको बताए । उनले पार्टीमा बहुमत रहेकै अवस्थामा संसद विघटन गरेर चुनाव गराउन खोज्नेको राजनीति पत्तासाफ हुने उनले बताए।

अध्यक्ष प्रचण्डले कम्युनिस्ट विभाजन भएका बेला मध्यावधि भयो भने बहुमत ल्याउँछौँ कि भन्ने सपना नदेख्न कांग्रेसलाई आग्रह गरे। उनले यो चुनाव गर्नका लागि घोषण नभएको दावी गर्दै अध्यक्ष प्रचण्डले भने, ‘कतिपयलाई अहिले कम्युनिस्ट पार्टी विभाजित भएको, मध्यावधि भइहाल्दियो भने हामीले चुनाव जितिहालिन्छ नि भनेर अलिअलि सपना देख्न खोजेको सुनिन्छ’, उनले भने, ‘म ती साथीहरुलाई त्यो दुस्वप्न भएको भन्दै त्यस्तै सपना नदेख्न आग्रह गर्दछु, यो हुलेवाला चुनावको घोषणा भएकै होइन।’

उनले यस्तो तथ्य बुझ्दा बुझ्दै पनि भ्रममा परियो भने नेपाल बर्बाद हुने बताए। उनले चुनाव हुन्छ भन्ने कुरामा स्वयम् प्रधानमन्त्री ओलीलाई नै नभएको उनले बताए। उनले प्रधानमन्त्री योजना चुनाव नगरी जबर्जस्ती लैजाने रहेको बताए ।