Tuesday, 19, January, 2021

संसद विघटनविरुद्ध कांग्रेसले आज देशैभर शक्ति प्रदर्शन गर्दै

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको विरोधमा आज देशभर प्रदर्शन गर्दैछ ।

विरोध प्रदर्शनसहितको सभालाई सम्बन्धित निर्वाचन क्षेत्रका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ । कार्यव्यस्तताको कारण पार्टी सभापति शेरबहादुर देउवाले डडेल्धुुराको साटो भक्तपुरको विरोध सभालाई सम्बोधन गर्ने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

यसैगरी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नै गृह जिल्ला दमौलीमा सम्बोधन गर्ने कार्यक्रम तय भएको जनाएको छ । १६५ वटै निर्वाचन क्षेत्रमा सम्बन्धित क्षेत्रका नेताहरुले विरोध सभालाई सम्बोधन गर्नेछन् ।

विरोध प्रदर्शनमा सशक्त रुपमा उत्रन सभापति देउवाले यसअघि नै नेता कार्यकर्तालाई आह्वान गरिसकेका छन् ।

नेपाली कांग्रेसले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै विरोध गर्दै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको आइतबार संसद विघटन गरेकी थिइन् ।