काठमाडौं । बागमती प्रदेका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव आज दर्ता भएको छ । पौडेल केपी शर्मा ओलीनिकट हुन् ।
आजै बागमती प्रदेशको तीनजना मन्त्रीले राजीनामा दिएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री सालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपालले राजीनामा दिएको कानुनमन्त्री जमकट्टेलले जानकारी दिए ।
पुस ५ गते संसद् विघटन भएपछि त्यसविरुद्ध नेकपामै दुई गुट देखिएका छन् । विभाजनको असर वडा तहसम्म पनि परेको छ । पार्टीको आधिकारिकता र निर्वाचन चिन्ह कसले पाउने भन्ने लडाई पनि चलिरेहेको छ ।