Saturday, 16, January, 2021

शिव सेनाका उम्मेदवारसहित ५१ जना कांग्रेसमा प्रवेश, केन्द्रीय सदस्य पौडेलद्धारा पार्टीमा स्वागत

रामेछाप । रामेछापमा ५१ जना नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

खाँडादेवी गाउँपालिका ५ पकरबास निवासी रोशन बुढाथोकीको नेतृत्वमा उनीहरु कांग्रेस प्रवेश गरेका हुन् । बुढाथोकी २०७० सालको संविधानसभाको निर्वाचनमा शिब सेना नेपालबाट रामेछापमा उम्मेदवार बनेका थिए । उनीहरुलाई कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल र विशिष्ठ अतिथि जिल्ला सभापति लबश्री नेउपाने, पूर्व सभापति रामचन्द्र खड्काले स्वागत गरेका थिए । नेपाली कांग्रेस रामेछाप सम्पर्क समितिका सभापति राजनारायण श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो । सम्पर्क समिति सचिब सुकदेब खड्का र सम्पर्क समिति उपसभापति प्रदिप बस्नेतले स्वागत मन्तव्य राखेका थिए ।

रोशन बुढाथोकीसहित, कृष्णहरि खड्का, अमित कार्की, हेम ब कार्की, तुला बहादुर कार्की, अनिल थापामगर , कृष्ण श्रेष्ठ, मोहन कुमार भण्डारी, राजन भण्डारी, रुपेश भण्डारी, पदम बहादुर मोक्तान, पाशाङ लामा, मोती घिसिङ, सन्देश लामा, गोपी खत्री, जीवन श्रेष्ठ, मिलन श्रेष्ठ कांग्रेस प्रवेश गरेका छन् ।

त्यसैगरी रोज बहादुर लामा, प्रकाश थापा, सुजन मोक्तान, सागर योञ्जन, सुरेन्द्र पण्डित, गणेश पण्डित, राज कुमार थामी, रबिन मोक्तान अम्बर मगर, मीन मगर, डम्बर मगर, मिनबहादुर मगर, प्रदीप मगर, मुकुन्द खत्री ,भुवन मिजार, सार्की तामाङ, बाबुराम तामाङ, शम्भु श्रेष्ठ, रामचन्द्र खत्री, अनिल लामा, सुमन मगर, बिक्रम केसी लगायत ५१ अन्य पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेको जनाइएको छ ।