Thursday, 21, January, 2021

वाणिज्य महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य सुमार्गी र उनकी श्रीमतीलाई गोरक्षनाथ माविको सम्मान

हेटौंडा । श्री गोरक्षनाथ मावि हेटौंडा –१८ फुर्केचौर मकवानपुरले उद्योगपति, समाजसेवीसमेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुण सुमार्गी र उनकी श्रीमतीलाई सम्मान गरेको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष शैलेन्द्रराज बानियाका अनुसार महासंघमा निर्वाचित सुमार्गीलाई सफल कार्यकालको शुभकामना दिँदै सम्मान गरिएको हो । सुमार्गी परिवारले जिल्लाको विकासमा महत्वपूर्ण योगदान गरेकाले उनकी श्रीमतीलाई पनि सम्मान गरिएको उनले जनाएका छन् ।

सम्मान कार्यक्रममा समाजसेवी एबं नेपाली कांग्रेस वडा कार्य समितिका सभापति राजेन्द्रराज बानियाँ, स्कुलका सल्लाकार तथा समाजसेवी किरण थापा, समाजसेवी तथा विकासप्रेमी अर्जुन भण्डारीलगायतले सुमार्गीलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभाबकका साथै स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन स्कुलका प्रधानाध्यापक योगराज खतिवडाले गरेका थिए ।

२०४६ सालमा स्थापित विद्यालयलाई हरेक प्रकारले गुणस्तरीय र राम्रो बनाउन आफू लागिपरेको व्यवस्थापन समिति अध्यक्ष बानियाले स्पष्ट पारेका छन् । बानियाले प्राथमिक तह यही विद्यालयमा पढेका थिए ।