Wednesday, 20, January, 2021

ताजा जनादेशमा जाने निर्णय अनुचित नभएको जनसमाजवादी पार्टीको माग

काठमाडौं । तोकिएकै मितिमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न जनसमाजवादी पार्टीले माग गरेको छ ।

प्रतिनिधिसभाको विघटन भएपछि पार्टीले निर्वाचनमा जाने निर्णय सबै राजनीतिक दललाई मान्न आग्रह समेत गरेको छ । पार्टी उपमहासचिव तथा प्रवक्ता डम्बरबिक्रम कार्कीद्धारा हस्ताक्षरित विज्ञप्तीमा प्रतिनिधिसभा विघटनको कदमप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । ‘निर्धारित कार्यकालभन्दा अघि नै प्रतिनिधिसभा विघटन हुनुले सरकार र संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको अयोग्यता पुष्टि गरेको छ’ कार्कीद्धारा प्रकाशित विज्ञप्तीमा लेखिएको छ ‘ निर्वाचनको मिति नै तोकेर ताजा जनादेशमा जाने निर्णय अनुचित होइन भन्ने हाम्रो पार्टीको ठहर छ ।’

पार्टीले पुजिँवादी संसदीय व्यवस्था रहुञ्जेल यस्ताखाले घटनाहरुको पुनरावृत्ति भइरहने पनि पार्टीले स्पष्ट पारेको छ । पार्टीले यो व्यवस्थाको अन्त्य हुनुपर्ने माग पनि राखेको छ ।