काठमाडौं,नेकपाको प्रचण्ड–नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गरेर पार्टी हटाएको छ।
नेकपाको केन्द्रीय समिति बैठकले ओलीलाई कारवाही गरी अध्यक्षबाट हटाउने स्थायी समितिको निर्णय अनुमोदन गरेको हो।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सो बैठकमा ३ सय १५ जना केन्द्रीय सदस्य उपस्थित थिए।
वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा बैठकले नेपाललाई अध्यक्ष पदमा चयन गरेको हो।