Thursday, 21, January, 2021

जन्मदिनमा प्राश्नाले शैक्षिक सामग्री वितरण गरिन्

  1. काठमाडौं । जन्मदिनको अवसर पारेर एक बालिकाले विद्यालय पोषाक र शैक्षिक सामग्री वितरण गरेकी छिन् ।

नुवाकोटको विदुर नगरपालिका –१० गेर्खुटार स्थायी घर भई काठमाडौको एपिएफ स्कुलको कक्षा ६ मा अध्ययनरत १२ वर्षिया प्राश्ना पाण्डेले बिदुर नगरपालिका– १ मा रहेको ईन्द्रायणी आधारभूत विद्यालयका १५ जना बालबालिकाको लागि विद्यालय पोषाक र शैक्षिक सामग्री वितरण गरेकी हुन् । खाजा खर्च र अरुले दिएको पैसा खुत्रुकेमा बचत गरी आफूजस्तै बालबालिकालाई सहयोग गरेको उनको भनाई छ ।

उनले काठमाडौका केही बालबालिकालाई कपडासहित खाद्यान्न पनि वितरण गरेकी छिन् ।