Sunday, 24, January, 2021

मैतिदेवी सहकारीको साधारणसभा ८ दिनसम्म, शेयर सदस्यहरुलाई उत्प्रेरित गर्ने यस्ता छन् योजना

काठमाडौं । काठमाडौंको मैतिदेवीमा रहेको मैतिदेवी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारणसभा चलिरहेको छ ।

संस्थाले समाजसेवाका विभिन्न काममा सक्रियता देखाएको संस्थापक अध्यक्ष रत्ना शर्मा गौतमले बताइन् । संस्थाको सल्लाहकार रहेकी उनले शेयर सदस्यहरलाई हरेक समय अप्ठ्यारो पर्दा सहयोग गरेको जनाइन् । संस्थाको अहिले चलिरहेको २६ औं साधारणसभामा फोक्सोको क्यान्सर भएकी सदस्य धनकुमारी मोक्तानलाई १० हजार, सदस्य निरुता सुवेदीलाई १५ हजार रुपैंया र एलिशा श्रेष्ठलाई ७ हजार रुपैंया उपलब्ध गराइएको छ ।

 

संस्थाकी शेयर सदस्य स्वर्गीय गीता रिजाल आचार्यको स्मृतिमा सञ्चालित स्वर्गीय गीता रिजाल आचार्य कोषबाट उनीहरुलाई रकम प्रदान गरिएको संस्थाले जनाएको छ । सुवेदी पनि विरामी छिन् भने एलिशालाई अध्ययनका लागि रकम उपलब्ध गरिएको हो । संस्थाले चलिरहेको साधारणसभामा ६५ वर्ष कटेका १४ जना शेयर सदस्यलाई सम्मान पनि गरेको छ । एस्इई उत्तीर्ण गरेका संस्थाका सदस्यलाई पनि सम्मान गर्दै आएको छ ।

पौष १ गतेबाट सुरु भएको साधारणसभा ८ गते सकिँदैछ । महिलामात्र सदस्य रहेको सहकारीमा १५ सय सदस्य रहेका छन् । सदस्य विरामी भए वार्षिक बढीमा ५० जनाले १० हजार रुपैया उपचार खर्च पाउने छन् । गौतमका अनुसार कोही सदस्यको निधन भए केही काजक्रिया खर्च समेत दिने गरिएको छ ।

संस्थाले आगामी दिनमा रक्तादानका साथै अन्य सामाजिक गतिविधिमा सक्रिय रहने पनि जनाएको छ ।