Sunday, 24, January, 2021

युवा नेता बानियाबाट सैलुन उद्घाटन

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका युवा नेता शैलेन्द्रराज बानियाले बिहीबार सैलुन उद्घाटन गरेका छन् ।

हेटौंडा –१८ हर्नामाडी रामधुनी चोकमा स्थानीय उद्यमी साजन विश्वकर्माले सञ्चालन गरेको सैलुनको उनले उद्घाटन गरेका हुन् । बानिया राजनीति र समाजसेवामा पनि सक्रिय छन् ।