Tuesday, 08, June, 2021

उखु किसानलाई पक्राउ नगर्न नेताहरुकै फोन आयो– मन्त्री भट्ट

काठमाडौं । सरकारले उखु किसानलाई बक्यौता रकम नदिए उखु मिल सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको केही दिन नबित्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु मिल सञ्चालकलाई पक्राउ नगर्न नेताहरुको फोन आएको बताएका छन् ।

प्रतिनिधिसभाको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको बिहीबारको बैठकमा मन्त्रीले यस्तो खुलासा गरेका हुन् । ‘मलाई फोन गरेर फलानो उद्योगी नपक्रनु भन्ने यो कस्तो चरित्र ? मन्त्री भट्टले प्रश्न गरे । कुन उद्योगीलाई पक्राउ नगर्नू भन्दै कुन नेताले फोन गरे भन्ने चाहिँ उनले खुलाएनन् ।

उखु किसान केही दिनदेखि काठमाडौंको माइतीघरमा आन्दोलन गर्दैछन् । गत वर्ष सरकारसँग गरिएको सहमति पूरा नभएको भन्दै किसानहरु आफ्नो पक्षमा निर्णय नभएसम्म घर नफर्कने अडानमा छन् ।

उनीहरुले आज हलोजुवासहित माइतीघरमा आन्दोलन गरेका छन् ।