काठमाडौं । नेकपाको स्थायी समितिको बैठक आइतबार बस्ने भएको छ । आज बसेको स्थायी समिति बैठकले केन्द्रीय समितिको बैठकको मिति पनि सारेको हो ।
संवैधानिक परिषद्सम्वन्धी मंगलबार ल्याइएको अध्यादेश फिर्ता लिन प्रधानमन्त्री सहमत भएसँगै अन्य विषयमा पनि छलफल भएपछि प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली बैठकमा सहभागी भएका थिए ।
सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा पनि ओली अल्पमतमा छन् ।
आजको स्थायी समितिको बैठकपछि नेकपामा देखिएको चरम विवाद तत्काललाई टरेको छ ।