Thursday, 10, June, 2021

तत्काल संसदको बैठक बोलाउन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले तत्काल संघीय संसदको बैठक बोलाउन माग गरेको छ ।

कांग्रेसका वर्तमान र पूर्वपदाधिकारीहरुको काठमाडौंमा बसेको बैठकले तत्काल संघीय संसदको बैठक बोलाउन सरकारसँग माग गरेको हो ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको नेताहरुको बैठकले तत्काल संसद बैठक बोलाएर वर्तमानमा देखिएका समस्याहरुको समाधान खोज्नुपर्ने माग गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । नेताहरुबीच करिब तीन घण्टा छलफल भएको थियो ।
कांग्रेसले सरकारले जारी गराएको संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिन पनि माग गरेको छ । प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन सहमत भइसकेका छन् ।

उसल मंसिर २९ गते सरकारविरूद्धको प्रदर्शनमा सहभागि भएका सबैलाई धन्यवाद पनि दिएको छ