Saturday, 16, January, 2021

तनहुँमा ७० भन्दा बढी नेकपा कार्यकर्ता कांग्रेसमा प्रवेश

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका २ खहरेमा ७० भन्दा बढी नेकपा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

जिल्ला कोषाध्यक्ष रेशम गुरुङका अनुसार उनीहरु आफ्नो पार्टीप्रति असन्तुष्टि जनाउँदै कांग्रेस प्रवेश गरेका हुन् । आन्दोलनलाई सम्वोधन गर्न तनहुँ पुगेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल र अर्का केन्द्रीय सदस्य समेत रहेका जिल्लाकै नेता गोविन्द भट्टराइले उनीहरुलाई कांग्रेसमा स्वागत गरेका थिए ।

डा. रिजालले पार्टी प्रवेश गरेका उनीहरुलाई पार्टीले उचित स्थान दिने पनि प्रतिबद्धता जनाए । वडा सभापति २ नम्बर सभापति गोकर्ण बानियाँको सभापतित्वमा र कांग्रेसका स्थानीय नेता भरत विकको सक्रियतामा भएको कार्यक्रममा जिल्लास्तरीय नेताले पनि सम्बोधन गरेका थिए ।

कार्यक्रममा पार्टी जिल्ला सभापति बैकुण्ठ न्यौपाने, कार्यवाहक सभापति जीतप्रकाश आले, सचिव विश्व बास्तोला, कोषाध्यक्ष रेशम गुरुङ, महासमिति सदस्यद्वय रामचन्द्र अधिकारी र कृष्णप्रसाद गौतम, व्यास नगर सभापति शान्तिरमण वाग्ले, अशोककुमार श्रेष्ठलगायतले सम्वोधन गरेका थिए ।