Tuesday, 08, June, 2021

मुस्ताङमा सरकारविरोधी आन्दोलन नहुने

काठमाडौं । नेपाली कांग्रेसले मुस्ताङले आज सरकारविरोधी आन्दोलन नगर्ने भएको छ ।

पार्टीको जिल्ला कार्यसमितिकी सदस्य पुष्पा शेरचनको निधन भएका कारण आन्दोलनका कार्यक्रम नगरिने पूर्वमन्त्री रोमी गौचन थकालीले जनाए । थासाङ गाउँपालिका–२ नेपाली कांग्रेसकी सभापति समेत रहेकी शेरचनकी सोमबार निधन भएको हो । शेरचनको निधनबाट मुस्ताङ जिल्ला शोकमा परेको नेता गौचनले बताए । ‘ पुष्पा शेरचनको निधनबाट मुस्ताङले मात्र नभएर मुलुकले नै प्रजातान्त्रिक आन्दोलनको एक कर्मठ, निर्भिक र जुझारू योद्धा गुमाएको छ’, कांग्रेस नेता थकालीले भनेका छन् ‘उहाँको निधनबाट म र नेपाली कांग्रेस मुस्ताङ जिल्ला कार्यसमिति अत्यन्त मर्माहत भएका छौं ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति मुस्ताङले आज एक प्रेस विज्ञप्ती प्रकाशित गरी आजको आन्दोलन स्थगित गरेको जनाएको हो । पार्टीका कार्यवाहक सभापति न्हुर्वु गुरुङ र सचिव फेन्चोक छेप्तेन गुरुङ (धारा) द्धारा संयुक्त हस्ताक्षरित विज्ञप्तीमा उनको निधनले पार्टीमा अपूरणीय क्षति पुगेको जनाएको छ ।

दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति थकालीले हार्दिक समवेदना व्यक्त गरेका छन् ।