Friday, 22, January, 2021

आज गर्ने कांग्रेसको प्रदर्शनले सरकार र नेकपा झुक्ला त ?

काठमाडौं । नेपाली कांग्रेसले आज सरकार र नेकपाको विरोधमा देशव्यापी प्रदर्शन गर्ने भएको छ ।

कांग्रेसले यो आन्दोलनलाई निर्णायक हुने भन्दै आएको छ । कांग्रेसले पार्टीका सबै भ्रातृ संघसंस्थालाई पनि आन्दोलनमा सक्रिय सहभागिता गराउने भएको छ । आन्दोलनले सरकार र नेकपालाई चुनौती दिने पनि कांग्रेसले जनाएको छ ।

मंसिर १७ गते तनहुँमा नै एक पुल उद्घाटन गर्न जाने क्रममा प्रहरीबाट वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ परेपछि कांग्रेसले देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको थियो । पार्टी सभापति शेरबहादुर देउवाको निवासमा १९ गते बसेको पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले पौडेल पक्राउसँगै सरकारका गलत गतिविधिका बारेमा आन्दोलन गर्ने निर्णय गरेको थियो ।