Saturday, 16, January, 2021

‘नेकपालाई लगाएको आरोप झुठो भए जिवनभर राजनीति गर्दिन’

काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सत्तारुढ नेकपा भ्रष्टाचार र अनैतिक काम गर्न लागेको आरोप लगाएका छन् ।

आज बिहान रेडियो कान्तिपुरको कार्यक्रम ‘हेडलाइनर्स’ मा अन्तरवार्ता दिँदै उनले नेकपाले जनताको विश्वास गुमाइसकेको टिप्पणी गरे । ‘नेकपा विभिन्न काण्डमा फसेको छ, बालुवाटार काण्ड, ओम्नी काण्ड, वाइडबडी काण्ड, काण्डैकाण्डले बदनाम भएको छ’ उनले भने । उनले नेकपामा देखिएको विवादले देश संकटतर्फ गएको पनि स्पष्ट पारे ।

उनले आफूले नेकपालाई लगाएको आरोप सही भएको दाबी गरे । ‘मैले लगाएको आरोप गलत भए म आजीवन राजनीति गर्दिन’ उनले भने ‘सरकारका गलत गतिविधिको नेपाली कांग्रेसले भण्डाफोर गर्ने छ ।’ उनले नेपाली कांग्रेस महाधिवेशन गर्ने प्रक्रियामा अघि बढेको बताए । ‘केही जिल्लामा केही समस्या छ त्यसलाई मिलाएर छिट्टै महाधिवेशन गर्नुपर्छ भन्ने हो ’ उनले भने ।