Saturday, 16, January, 2021

नेकपाको विवादबारे आज पनि स्थायी समितिमा छलफल नहुने

काठमाडौं । नेकपाको स्थायी समिति बैठकमा पार्टी विवादबारे आज पनि छलफल नहुने भएको छ ।

नेकपाका केन्द्रीय सदस्य तथा पूर्व सांसद कमानसिंह लामाको शोक प्रस्ताव पारित गर्दै आजको बैठक स्थगित हुने छ । लामाको कोरोना संक्रमणका कारण गत बुधबार निधन भएको थियो । पार्टीको स्थायी समिति बैठक आज १ बजे बोलाइएको छ । गत आइतबार प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली बैठकमा उपस्थित नभएपछि स्थगित भएको थियो ।

दुवै अध्यक्षले एकले अर्कालाई लगाएको आरोप स्थायी समितिका सदस्यहरुलाई अध्ययनका लागि वितरण गरिएको छ । अर्को बैठक कहिले बस्ने भन्ने आजको बैठकपछि मात्र टुंगो लाग्ने पार्टीले जनाएको छ ।